
काठमाडौं, माघ १५ गते
अमेरिकी सहयोग नियोग मार्फत नेपाललाई प्राप्त अनुदान ९० दिनका लागि स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ | मन्त्रालयका अनुसार बजेट प्रणाली मार्फत सञ्चित कोषबाट खर्च हुने गरी 'युएसएड हेन्थ डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट ', 'युएसएड एग्रिकल्चरल डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट ', 'युएसएड एजुकेसन डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट ', र 'युएसएड इन्क्लुसिभ पोलिसी डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट' गरी ४ वटा परियोजना अमेरिकी सहयोगमा संचालित छन् |
अमेरिकामा राष्ट्रपतिको कार्यभार समालेलगत्तै विश्वभरी उपलब्ध गराइएको अनुदान कटौती गर्ने निर्णय ट्रम्प प्रशासनले गरेको थियो | त्यसैगरी नेपालमा पनि युएसएडमार्फत उपलब्ध गराइएका परियोजना ९० दिनका लागि स्थगित गरिएका हुन् | यि परियोजना को आवश्यकताका आधारमा पुन: संचालन गरिने अमेरिकी सरकारको योजना रहेको छ |