Ray 4U
मिठो सपनाहरु बाकसमा बन्द भएर फर्कदै

काठमाडौँ, मङ्सिर २६ गते । नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानिरहेको अवस्थामा, त्यसले पिडाको चाङ्हरु पनि बढाइरहेको देखिन्छ । देशको निती नै युवाहरुलाई विदेश जान प्रेरित गर्ने खालको बनेको छ । गाउमा युवा जनशक्तीको अभाव देखिन्छ । देशमा युवा जनशक्ती नटिक्दा 
कालन्तरमा अर्थतन्त्रमा नकारत्मक प्रभाव पर्ने देखिन्छ भने वर्तमानमा विदेशी भुमिमा युवाहरुले अकालमा मृत्यु वरण गर्नुपरेको अवस्था छ ।    

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा ४७७ युवाले ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डको सचिवालयको तथ्यान्कले देखाउछ । यो तथ्यान्कले देखाएको भन्दा विदेशमा मृत्यु हुने नेपालीहरु धेरै रहेको जानकारहरु बताउछन । उचित तालिम, शिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिकको मृत्यु हुने गरेको छ । तथ्याङ्क अनुसार दैनिक औसतमा चार वटा शव काठको बन्द बाकस विदेशबाट नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल काठमडौमा आइपुग्ने गरेका छन । 

यस आर्थिक वर्षको प्रथम चौमासिकमा २४२५८३ युवा वैदेशिक रोजगारीमा गएका छन् । उनीहरूले पठाएको विप्रेषण करिब छ खर्ब विप्रेषण भित्रिएको हिसाब भइरहेको छ । 

वैदेशिक रोजगारीमा गएका नेपालीहरु माझ अधिकांश मुत्युको कारणहरुमा कामगर्ने ठाउँमा हुने दुर्घटना तथा सवारि दुर्घटना, सुतेकै अवस्थामा मृत्यु, मुख्य शरीरिक अङले काम गर्न छोड्नु लगायत रहेका छ । अब नेपाल सरकारले ढिलो नगरि स्वदेशमै रोजगार श्रीजना गर्ने निती लिनुपर्ने देखिन्छ । वैदेशिक रोजगारमा पठाउनै परे दक्ष बनाएर पठाउनु पर्छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update