क्यानाडामा 'नेपाली क्रिएटर्स फेस्ट २०२५ ' आयोजना हुने

काठमाडौँ,असार १२ गते
क्यानाडामा नेपाली कला, संस्कृति र समुदायलाई अझ मजबुत रूपमा जोड्ने लक्ष्यका साथ मानभी फाउन्डेसनले 'नेपाली क्रिएटर्स फेस्ट २०२५ 'को आयोजना गर्ने भएको छ। यस कार्यक्रममा विशेष रुपमा अन्तरास्ट्रिय विद्यार्थी, नया आप्रवासी तथा क्यानाडामा बस्ने सबै नपालीहरुलाइ सहभागिता जनाउन अनुरोध गरिएको छ। आफ्नो प्रतिभा देखाउन चाहनेले नि: शुल्क रुपमा सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ। यस कार्यक्रममा नृत्य , गायन, फोटोग्राफी , भिडियोग्राफी, कविता, कलाका साथै अन्य विभिन्न विधामा भाग लिन पाउने छन्।
प्रकाशित मिति: बिहीबार, असार १२, २०८२ १५:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय