जेष्ठ २७, काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आज १३ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ । यसमध्ये ७ वटामा विभाग पुगेको थियो भने ६ वटाले आफैँ बन्द गराएका थिए ।
| क्र.स. | विद्यालय | ठेगाना | ताला लागेको सटर सङ्ख्या |
| 1 | जुद्धोदय माध्यमिक विद्यालय (जेपि स्कूल) | ठमेल | 46 |
| 2 | रत्नराज्य माध्यमिक विद्यालय | बानेश्वर | 11 |
| 3 | कन्या मन्दिर माध्यमिक विद्यालय | न्होखा | 36 |
| 4 | मंगलादेवी माध्यमिक विद्यालय | गुह्येश्वरी | 12 |
| 5 | जनकल्याण माध्यमिक विद्यालय | बौद्ध | 14 |
| 6 | पशुपति मित्र माध्यमिक विद्यालय | चावहिल | 36 |
| 7 | महेन्द्र माध्यमिक विद्यालय | बौद्ध | 20 |
| 8 | पद्मोदय माध्यमिक विद्यालय | रामशाह पथ | 17 |
| 9 | सहिद शुक्र मा. वि. | बागबजार | 22 |
| 10 | विजय स्मारक मा. वि. | डिल्लीबजार | 8 |
| 11 | पदमकन्या मा. वि. | डिल्लीबजार | 14 |

भाडामा लगाएका सटर आफैँ बन्द गराएका विद्यालयहरु-
- शितला माध्यमिक विद्यालय, वोहराटार
- शिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्ज
- नव जागृति माध्यमिक विद्यालय, वोहोराटार
- रुद्रमती आधारभूत विद्यालय, देवीनगर
- विद्योदय आधारभूत विद्यालय, झोँछे
- आधारभूत विद्यालय, लगन रहेका छन ।
काठमाडौ महानगर भित्रका ३७ वटा विद्यालयले सटर वा विद्यालय परिसरमा टहरा बनाएर भाडामा लगाएको अध्ययन प्रतिवेदनले देखाएको छ ।
यी विद्यालयहरुले विद्यालयको खुला जग्गा संकुचित बनाएका छन् । जसले विद्यार्थीको सुरक्षा, शैक्षिक तथा व्यक्तित्व विकासमा बाधा सिर्जना गरेको छ । शिक्षा अधिकृत नेत्रनारायण पौडेल भन्नुहुन्छ, ‘शिक्षा ऐन २०२८ को दफा १६, शिक्षा नियमावलीको नियम १५८ र १५९ अनुसार उद्देश्य पूरा नभएको देखिएकोले ताला लगाउनु परेको हो ।’ यस व्यवस्था अनुसार विद्यालयको सम्पत्ति विद्यार्थीहरुको शैक्षिक र व्यक्तित्व उन्नतिका लागि मात्र उपयोग गर्न पाइन्छ ।


