
काठमाडौं, पुस ११ गते
दैलेखको भैरवी गाउँपालिका -१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चराणमा पुगेको छ | |चीन सरकारको २ अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा अन्वेषणको काम भइरहेको छ | जलजलेमा ४५ रोपनी क्षेत्रफलमा अन्वेषणको कार्य भइरहेको छ जहाँ नेपाली र चिनियाँ गरी ८० जनाले काम गरिरहेका छन |
माटो ड्रिलिङको काम २०८१ वैशाख २८ गतेबाट सुरु गरिएको थियो | चार हजार मिटर जमिनमुनिसम्म जाने अन्तिम लक्ष्य राकिएकोमा अहिले ३ हजार ९ सय ४० मिटर सम्म खनिसकेको जनाइएको छ | अब भने अन्वेषणको काम सक्किएको छ | जमिन मुनि लिकेज ग्यासहरु देखिएकाले सकारात्मक सङ्केत मान्न सकिने जानकारहरु बताउँछन | हरेक मिटरमा संकलन गरेको नमुना परीक्षण गर्न चीन पठाउनु पर्ने हुँदा अन्तिम नतिजा आएपछी मात्र अरु काम अघाडि बढाइने भनिएको छ |