७२ प्रतिशत सम्पन्न भयो रसुवाको सुक्खा बन्दरगाह

काठमाडौं, पुस १३ गते
रसुवाको टिमुरेमा निर्माण भईरहेको सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत सम्पन्न भएको छ | चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भईरहेको बन्दरगाहमा बन्दरगाहको प्रस्थान र प्रवेश मार्ग, बगर सम्याउने काम, गोदाम भवनको निर्माण, तटबन्ध निर्माणको काम सम्पन्न भएको नेपाल इन्टर मोडल यातायात विकास समितिले जनाएको छ |
प्रकाशित मिति: शनिबार, पुस १३, २०८१ १०:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय