
काठमाडौं पुस १७ गते
सिद्दबाबा सुरुङमार्गको 'ब्रेक थ्रु' आगामी माघ २ गते हुने भएको छ | सिद्धार्थ हाईवेमा सिद्दबाबा सुरुङमार्गको निर्माण अहिले धमाधाम भईरहेको छ | यस सुरुङमार्गको ३ वटै सहायक सुरुङ मार्ग छिचोलिए सँगै सिद्दबाबा सुरुङमार्गको भौतिक प्रगति ३७ प्रतिशत पुगेको छ | दुई लेनको यो सुरुङमार्ग निर्माण पश्चात, यस खण्ड भएर यात्रा गर्नेहरुलाई सहज हुनेछ |
सिद्दबाबा मन्दिर क्षेत्रमा करिव ५ किलोमिटर सडक अत्याधिक जोखिमयुक्त भएकाले सुरुङमार्ग बनाउने काम अघि बढाइएको हो | यहाँँ ११२६ मिटर को सुरुङमार्ग र ७८० मिटरको रकसेड बन्नेछ भने २३९८ मिटर सडकलाई स्तरउन्नती गरिनेछ | यस आयोजनाको ठेक्का रकम ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७ सय ३४ रुपैयाँ १४ पैसा रहेको छ | आयोजना निर्माणको ठेक्का china state construction corporation ले पाएको छ | आयोजना निर्माण २०८३ साल चैत्र ८ गते सम्म सक्नुपर्ने हुन्छ |