Ray 4U
गौतमबुद्ध विमानस्थलमा 'आरएनपी - एआर ' प्रणाली लागु

काठमाडौं, माघ १० गते

गौतमबुद्ध विमानस्थलमा आजदेखि ‘आरएनपी–एआर’ प्रणाली लागु भएको छ | हाल यान्त्रिक विधीमा उडान गर्दा न्यूनतम भिजिबिलिटी १ हजार ८ सय चाहिने अवस्थामा अब ‘आरएनपी–एआर’ प्रणालीमा ९ सय मिटर मै जहाजहरु उडान अवतरण गर्न सक्नेछन | विशेष गरि हुस्सुका कारण उडान रद्ध हुने गरेकोमा अब भने यो प्रणालीले उक्त समस्याको समाधान गर्नेछ |
भिजिबिलिटीको समस्या समाधान गर्न यसअघि लागु गर्ने भनिएको इन्स्टुमेन्टल ल्यान्डिङ सिस्टम प्रणालीलाई भारतले अनुमती नदिएपछि भुउपग्रहमा आधारित ‘आरएनपी–एआर’ प्रणाली लागु गरिएको हो |

आरएनपी–एआर’ प्रणाली लागु गरिए पनि अहिले नै कार्यन्वयनमा भने नआउने बताइएको छ | यो विधीबाट उडान गर्न चाहने विमानले आफ्नो देशको नियामक निकायबाट अनुमति लिनुपर्ने हुन्छ भने नेपालको निकायबाट पनि प्रमाणीकरण गरेको हुनुपर्ने हुन्छ  | 

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update