
काठमाडौं, माघ ११ गते
लुम्बिनी र गण्डकी प्रदेश जोडने , सिदार्थ राजमार्गको बुटवल - पाल्पा खण्डमा निर्माण भइरहेको सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु भएको छ | राष्ट्रिय गौरवका आयोजनाको रुपमा रहेको १ कि. मि. मिटर सुरुङमार्ग खन्ने काम सक्किएको छ |
२०८१ साल माघ ११ गते शुक्रबार प्रधानमन्त्री के. पी. शर्मा ओलीले भर्चुवल विधिबाट यो सुरुङमागको ब्रेक थ्रु गर्नुभएको हो । समारोहमा प्रधानमन्त्र ओलीले, नेपाल अब दुर्गमबाट युगम, अनि, पिछडिएको देशको अवस्थाबाट अघि बढेको धारणा राख्नुभएको थिय । २०७८ साल जेठ महिनामा अन्तराष्ट्रिय बोलपत्र मार्फत सुरुङ मार्गको ठेक्का लागेको थियो | ५ वर्षमा निर्माण सम्पन्न गर्ने गरी, चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरीङ कर्पोरेसनले, यसको ठेक्का पाएको थियो । यो आयोजनाको निर्माण, सात अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयामा हुदैछ । २०८३ सालमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो ।
मुख्य सुरुङ आज ब्रेक थ्रु भएपनि, यस अघि आयोजनाका, ३ वटा वाइपास टनेल, ब्रेक थ्रु भैसकेका थिए । हाल सम्म यो आयोजनाको भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय ३९.९० प्रतिशत रहेने आयोजना कार्यालयले जनाएको छ । मुख्य टनेल ब्रेक थ्रु भए संगै अब सुरुङको भित्ता ढलान अर्थात लाइनिङ, पेममेन्ट ढलान, विद्युतीकरण ड्रेनेज तथा भेन्टिलेसनको काम अधि बढ़नेछ । रक सेड, रक फल ब्यारियर र स्लोप प्रोटेक्सनको काम पनि हुनेछ | आयोजनाको ठेक्का EPC मोडलमा भएको थियो । पहिरोल बर्षन प्रभावित हुने यो सडकमा सुरुमार्ग निर्माण सम्पन्नताले यात्रा सहजता र सुरक्षा सुनिश्चित गर्नेछ |