Ray 4U
महानगर दिवस टुँडिखेल र सैनिक मन्चमा हुने

काठमाडौं, मङ्सिर २४ गते 

३० औँ महानगरको दिवस महानगरले विविन्न कार्यक्रमहरु गरि मनाउने भएको छ |   दिवसको औपचारिक कार्यक्रम सैनिक मन्चमा हुनेछ भने सांस्कृतिक तथा सांगितिक कार्यक्रम अपरान्ह ३ बजेदेखि टुँडिखेल मैदानमा हुने जनाईएको छ |औपचारिक कार्यक्रममा स्थानीय मौलिक झाँकी प्रदर्शनी गर्ने, विभिन्न क्षेत्रमा ख्याती प्राप्त क्यक्तित्व समान गर्ने, सांगितिक कार्यक्रम गर्ने, फुड स्टल राख्ने, एक वडा एक नमुना उद्यम कार्यक्रमबाट उत्पादित सामाग्री तथा प्रदर्शनी गर्ने निर्णय गरेको छ | त्यसका साथ साथै प्रमुखको नेतृत्वमा जनप्रतिनिधी र प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा कर्मचारीबिच फुटबल खेल आयोजना हुनेछ |  

        

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  २१:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update