Ray 4U
काठमाडौं महानगरपालिकाले माघ १ गते देखि ४ गते सम्म योग दिवस मनाउने

काठमाडौं, पुस २४ गते 

काठमाडौं महानगरपालिकाले माघ १ गते देखि ४ गते सम्म  योग दिवस मनाउने जनाएको छ | योग हरेक दिन बिहान ७ बजेदेखि सञ्चालन हुनेछ |प्रदर्शनी मार्गमा रहेको राष्ट्रिय सभा गृह परिसरमा आयोजना हुने यो उत्सवमा सहभागी हुन महानगरबासी एवं सर्वसाधारण सबैलाई  महानगरपालिकाको उपमेयर सुनिता डङ्गोलले  आव्हान गर्नु भएको  छ  |

बढ्दो सहरीकरण तथा अस्वस्थकर खानपान र निष्क्रिय जीवनशैलीका कारण नसर्ने खालका दीर्घ रोगहरुको जोखिम बढ्‌दै गईरहेको छ ।मधुमेह, उच्च रक्तचाप, क्यान्सर, हृदयाघात, मस्तिष्कघात, ग्याष्ट्राईटिस, मिगौला सम्बन्धी रोग, दम, माइग्रेन, चिन्ता, डिप्रेसन, तथा मोटोपनाको समस्याहरु दिनानुदिन बढी रहेका छन् । यसरी दीर्घ रोगहरु बढ्‌दै जाँदा आर्थिक रुपमा घरपरिवार समाज र राज्यलाई समेत भार थपिदै गएको छ ।सहरबासीहरुमा नसर्ने खालका दीर्घरोगहरुको रोकथाम र नियन्त्रण गर्न सकियोस् भनेर महानगरले  उपचारात्मक स्वास्थ्य सेवासँगै प्रवर्धनात्मक, निरोगात्मक र सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ | 
स्वस्थ्य रहन शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक तथा आध्यात्मिक रूपमा स्वस्थ हुनुपर्छ । जुन नियमित योग अभ्यास र ध्यानबाट प्राप्त गर्न सकिन्छ ।यो तथ्यलाई स्वीकार गर्दै महानगरले  राष्ट्रिय योग दिवसलाई योग उत्सवका रुपमा मनाउने तयारी गरेको  जनाएको छ | 
यस उत्सवमा योग सम्बन्धि बिज्ञहरूबाट नियमित योग ध्यान, प्रवचन, योग आसन प्रर्दशन, योग संगीतका साथै, योग र मानसिक स्वास्थ्य, नसर्ने रोग सम्बन्धी कार्यशाला, बिज्ञहरू सँग छलफल/अन्तरक्रिया नसर्ने रोग स्क्रनिङ, स्वास्थ्य तन्दुरुस्ती र पोषण परामर्शलगायत विविध स्टलहरू सहित कार्यक्रम हुने महानगरले जनाएको छ  ।   

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update