Ray 4U
सार्वजनिक भयो इन्द्रजात्राको साइत

काठमाडौँ, भदौ ९ गते 
नेपाल पञ्चाङ्ग  निर्णायक समितिले यस वर्षको  इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ। इन्द्रजात्राको साइतको कार्यक्रम आजदेखि सुरु भएको जानकारी समितिले दिएको छ।  आज बिहान ९:४६ मा वन जात्रा सुरु भएको थियो भने आज राति ९: ४६ मा इन्द्रधोजोत्थानका लागि लिंगोको रुख खटिनेछ।  यो लिंगो भदौ १५ गते भोटाहिटीबाट नगर प्रवेश गरिन्छ र भदौ १९ गते बिहान १०:३१ मा इन्द्रध्वजोत्थानको साइत रहेको छ।  यो जात्रा करिब १७ दिन सम्म चल्ने गर्दछ। 

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update