Ray 4U
खेल उत्कृस्ट रह्यो  कप्तान रोहित पौडेल

नेपालले ICC T20 world cup Asia and EAP qualifier आफ्नो पहिलो म्याच जितेपछि, पोस्ट म्याच प्रेजेन्टेसनमा बोल्दै कप्तान रोहित पौडेलले भनेका छन "दर्शकहरु लामो समय देखि हाम्रो बाह्रौं खेलाडीको रुपमा छन्। आफ्नो ड्युटी छोडेर खेल हेर्न आएका हौँ भन्दै हुनुहुन्थ्यो , वहाँहरुलाई धन्यवाद दिन चाहन्छु। विकेट अफ्टेरो थियो , हामि १५०-६० बनाउने सोचमा थियौं तर जसरि कुवेतले बलिंग गर्यो र विकेटले व्यवहार गर्यो, पिचमा सुरुवातमा बाउन्स एक समान थिएन। हामीले नियमित विकेट दियौं र उनीहरुले राम्रो बलिंग गरे। गुल्सनले हामीलाई सहज बनाए र मलाई लाग्छ कुशल भुर्तेलले निकै राम्रो ब्याटिंग गरे। यो जितले हामीलाई लय दिएको छ। हाम्रो फिल्डिंगमा गर्व छ , जसरि दिपेन्द्रले त्यो रन आउट गरे त्यो खेलको लागि महत्वपूर्ण थियो किनकि साझेदारी बनिरहेको थियो त्यो विकेटले खेलमा मोमेन्टम दियो। मलाई लाग्छ फिल्डिंग हामीले राम्रो गर्यौं। र बलिंगको कुरा गर्दा जसरि सोमपाल दाइले सुरु गर्नु भयो र ललित, दिपेन्द्र सन्दिप सबैले राम्रो योगदान दिए। खेल उत्कृस्ट रह्यो।"

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update