Ray 4U
निरोधात्मक स्वास्थ्य सेवाको प्रवर्धनका लागि  सचेतना कार्यक्रम सञ्चालन

काठमाडौं, मङ्सिर १२  गते 

काठमाडौँ महानगरपालिकाकाे स्वास्थ्य  विभागले हरेक महिनालाई सचेतना अभिवृद्धि गर्ने विशेष महिनाका रुपमा कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमअन्तर्गत गएको वैशाख महिनामा दृष्टि(आँखा तथा वातावरण), ज्येष्ठ महिनामा मुख तथा नाक, काम घाँटी, असारमा ज्येष्ठ नागरिक तथा अपाङ्गता सहायता, साउनमा नवजात र बालबालिका स्वास्थ्य, पोषण तथा स्तनपान, भदौमा उच्च रक्तचाप, असोजमा मधुमेह तथा मोटोपना र कार्तिकमा स्वस्थ्यकर खानापान तथा आरोथ्य जीवन सचेतना महिनाका रुपमा निदानात्मक कार्यक्रम सञ्चालन भएका छन् ।


मंसिरमा मिर्गौला तथा अन्य जटिल दीर्घ रोग, पुसमा श्वाशप्रश्वास तथा अन्य जटिल दीर्घ रोग, माघमा पादक पदार्थ तथा सडक दुर्घटना, फागुनमा क्यान्सर तथा प्रजनन स्वास्थ्य र चैत महिनामा मानसिक स्वास्थ्य सम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरिनेछन् । 
जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठकाअनुसार आर्थिक वर्ष २०७९/०८० को संघीय स्वास्थ्य विभागको प्रतिवेदनले, ७१ प्रतिशत मृत्यृ दरको कारण नसर्ने रोग हो भनेर देखाएको छ । यसमा क्यान्सर, मिर्गौला सम्बन्धी दीर्घ रोग, मधुमेह, उच्च रक्तचाप मुख्य समस्या हुन् । 


व्यक्तिले नसर्ने रोगको उपचारका लागि ३७ प्रतिशत (आउट अफ पकेट एक्पेन्डिचर-ओओपि) खर्च गरिरहेको छ । समयमा रोगका विषयमा जानकारी प्राप्त गर्न सकियो भने यो खर्च घटाउन सकिन्छ । रोगले समस्या सिर्जना गरे उपचारमा जानु पर्‍यो भने सुरुमै धेरै खर्च लाग्छ । त्यसपछि पनि औषधिमा नियमित खर्च गर्नुपर्छ । व्यक्ति र परिवारको उत्पादनशीलता घट्छ । यसकारण नसर्ने रोगले सिर्जना गर्ने खर्च घटाउन निदानात्मक र प्रवर्धनात्मक कार्यक्रम आवश्यक छ । 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  २१:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update