Ray 4U
महानगरका स्वास्थ्य प्रवर्धन केन्द्रमा निःशुल्क भिडियो एक्स-रे सेवा

काठमाडौं, मङ्सिर १२  गते 
  
काठमाडौँ महानगरपालिकाले आउँदो हप्तादेखि निःशुल्क भिडियो एक्स – रे सेवा सुरु गर्ने भएको छ । स्वास्थ्य बिमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवर्धन केन्द्रमा सेवा सुरु गर्न लागेको हो । प्रारम्भमा वडा नं. १२, २६ र ३० बाट सेवा दिइनेछ । आइतबार र सोमबार वडा नंं १२, १९ र १४ का सेवाग्राहीका लागि वडा नं. १२ मा, मंगलबार र बुधबार वडा नं. १६, २६ र २७ का सेवाग्राहीका लागि वडा नं. २७ मा र विहीबार र शुक्रबार वडा नं. १० र ३० का सेवाग्राहीका लागि वडा नं. ३० स्वास्थ्य प्रवर्धन केन्द्रमा भिडियो एक्स रे गरिनेछ । स्वास्थ्य विमा कार्यक्रम लागू भएका सबै वडामा भिडियो एक्स रे मेसिन राखिएको छ । सेवाग्राहीको चाप बढ्दै गएपछि सेवा विस्तार गर्दै लैजाने स्वास्थ्य विभागको योजना छ । 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  २२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update