Ray 4U
विराटनगर किंङ्सले लुम्बिनी लायन्सलाई दुई विकेटले हरायो

काठमाडौं, मङ्सिर १९   गते

त्रिवी मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको आज भएको खेलमा विराटनगर किंङ्सले लुम्बिनी लायन्सलाई दुई विकेटले  पराजित गरेको छ | तिन वटा खेल खेलिसकेको विराटनगरको यो पहिलो जित हो  भने लुम्बिनीले हारबाट खेलको सुरुवात गरेको छ | 

जितका लागि एक सय ९२     रनको लक्ष्य पछ्याएको विराटनगरले    १९.५    ओभरमा आठ  बिकेटको क्षतिमा एक सय ९३  रन जोडदै लक्ष्य पुरा गरेको हो  | टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले   निर्धारित २० ओभरमा सात   विकेटको क्षतिमा एक सय १९   रन बनाएको थियो | 

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  २३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update