लुम्बिनी लायन्सलाई १० विकेटले हरायो पोखरा एभेन्जेर्सले

काठमाडौं, मङ्सिर २१ गते
त्रिवी मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको आज भएको दोश्रो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको छ |
पोखरा एभेन्जेर्सको यो पहिलो जित हो भने लुम्बिनीको यो दोश्रो हार हो | यस भन्दा अघि लुम्बिनी बिराटनगर सँग दुई विकेटले पराजित भएको थियो |
लुम्बिनीले दिएको एक सय ७१ रनको लक्ष्य पोखराले १६.५ ओभरमा १ विकेट पनि नगुमाएर पुरा गरेको थियो | टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर एक सय ७० रन बनाएको थियो |
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१ २०:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय