
काठमाडौं, मङ्सिर २३ गते
त्रिवी मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको आज भएको खेलमा सुदूरपश्चिम ३३ रनले चितवनसँग पराजित भएको छ | आज हारेको सुदूरपश्चिम यस अघिका ३ वटै खेलमा जित निकालेको थियो | सुदूरपश्चिमको पहिलो हार हो भने चितवनको यो तेस्रो जित हो | चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ ओभर २ बलमा अल आउट हुँदै १३१ रनमा समेटिएको थियो | टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ६५ रनको लक्ष्य दिएको थियो |
अहिले सम्म चारवटै खेल जितेको जनकपुर आठ अंकसहित तालिकाको पहिलो स्थानमा रहेको छ, सुदूरपश्चिम ६ अंक सहित दोश्रो स्थानमा, चितवन ६ अंक सहित तेस्रो स्थानमा, कर्णाली ४ अंक सहित चौथो स्थानमा, पोखरा २ अंक सहित पाचौँ स्थानमा, काठमाडौं २ अंक सहित छैठौ स्थानमा,बिराटनगर २ अंक सहित सातौँ स्थानमा रहेको छ भने लुम्बिनी तालिकाको अन्तिममा रहेको छ |