पोखरामा पुस १४ र १५ मा ड्रागन बोट रेस हुने

काठमाडौं पुस ७ गते
पोखरामा पुस १४ र १५ मा ड्रागन बोट रेस आयोजना हुने भएको छ | यस प्रतियोगितामा नेपाल, चीन र सिंगापुरका २० वटा समुहले भाग
लिने भएका छन | दुई सय मिटर र पाँच सय मिटर दुरीमा आयोजनाहुन लागेको यो प्रतियोगितामा दुबै दुरीका प्रथम हुने विजेता समुहले पाँच हजार डलर , उपविजेताले दुई हजार डलर, तेस्रो हुनेले एक हजार दुई सय डलर प्राप्त गर्नेछन भने बाँकी १७ वटा समुहले प्रतिसमुह पाँच सय डलर प्राप्त गर्ने जनाईएको छ |
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१ २१:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय