Ray 4U
सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

काठमाडौं, पुस ९ गते  

सौराहामा पुस ११ गते देखी चितवन   हात्ती तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ | यो महोत्सव छेत्रीय  होटेल संघ चितवनको आयोजनामा बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा हुनेछ | पाैष ११ देखि १५ गते सम्म चल्ने यो महोत्सवमा करिब ८० वटा हात्तीहरु सहभागी हुने जनाईएको छ | हात्ती महोत्सव अन्तर्गत हात्तीको श्रृंगार, हात्ती वनभोज, हात्तीमैत्री फूटबल पेनाल्टी, हात्तीमैत्री म्युजिकल वाकका साथै थुप्रै कार्यक्रम रहेको छ |       


 

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  २२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update