Ray 4U
फेरी फर्कियो रेड बल क्रीकेट 

काठमाडौं, पुस १८ गते 

जनकपुर र वीरगञ्जमा पुस २१ गते देखी २९ गते सम्म 'जय ट्रफी मेन्स एलाइट कप ' आयोजना हुने भएको छ | बागमती प्रदेश क्रिकेट संघले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ | सन्दीपको कप्तानीमा रहेको टोलीमा सूर्य तमाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम, तिलकराज भण्डारी, प्रतिक श्रेष्ठ, नन्दन यादव, सूयार्न्शु कोइराला, रोहन विके, शुभ कंसाकार, विपिन आचार्य र इशान पाण्डे रहेका छन |

क्यानको आयोजनामा हुन लागेको दुई दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा चार वटा टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मधेश प्रदेश र बागमती प्रदेशको  सहभागीता रहनेछ |     

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  २१:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update