Ray 4U
लामो फरम्याटमा स्पिनरको दबदबा

काठमाडौं, पुस २१ गते

'जय ट्रफी मेन्स एलाइट कप' दुई दिवसीय क्रीकेट खेल आज बाट बिरगंज र जनकपुरमा सुरु भएको छ | क्यानको आयोजनामा सुरु भएको यस प्रतियोगितामा आज चारवटै टोलीहरुले खेल खेलेका छन ।  | 

प्रतियोगिताको पहिलो खेल पर्साको वीरगञ्जस्थित मैदानमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच भएको थियो । दुई दिवसीय खेलको पहिलो दिन बलरहरू हाबी भएका छन् । यो खेलमा पहिलो दिन १७ विकेट खसेको छ ।  खेलमा पुलिसले टस जितेर आर्मीलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । आर्मी ३४.४ ओभरमा १२१ रन बनाएर अलआउट भयो । पुलिसका लागि ललित राजवंशी एक्लैले सात विकेट लिएका थिए । श्रवण यादव, रासिद खान र कुशल भुर्तेलले एकएक विकेट लिएका । पहिलो इनिङ सुरु गरेको पुलिसले पनि २४ ओभरमा सात विकेट गुमाएर एक सय तीन रन बनाएको छ । लगातार विकेट गुमाएको पुलिस आर्मी भन्दा १८ रनले पछाडि छ । पुलिसका गुलसन झा र प्रेम तामाङ अविजित छन । बलिङमा आर्मीका साहाब आलमले पाँच विकेट लिए  । सोमपाल कामी र पवन कार्कीले एक एक विकेट लिए । 

आजै जनकपुरमा भएको प्रतियोगिताको दोश्रो खेलमा मधेश प्रदेशविरुद्ध बागमती प्रदेश ६८ रनले पछाडि परेको छ । रामजानकी मैदानमा पहिलो दिन बागमतीले १३ ओभरमा दुई विकेट गुमाएर ३४ बनाएको छ । बागमतीका लागि शुभ कंशाकार २२ र इशान पाण्डे ९ रनमा अविजित छन । मधेशका लागि रुपेश सिंह र विशाल पटेलले एक एक विकेट लिएका हुन । यसअघि पहिले ब्याटिङ गरेको मधेश ३५.३ ओभरमा एक सय दुई रनमा अलआउट भएको थियो । मधेशका लागि मायन यादवले २१, विशाल पटेलले १६, निरज यादवले १२, अभिषेक तिवारीले ११ र हिमान्शु दत्तले १० रन बनाए । बलर हाबी बनेको यस खेलमा पनि बागमतीका कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिएका थिए ।  सूर्य तामाङले तीन तथा नन्दन यादव र प्रतिश जिसीले एक एक विकेट लिए  । 
क्यानको आयोजनामा भईरहेको  दुई दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा चार वटा टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मधेश प्रदेश र बागमती प्रदेशको  सहभागीता रहेको छ  |  

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  २२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update