आजदेखि प्रधानमन्त्री कप महिला छनोट टी - २० क्रीकेट प्रतियोगिता

काठमाडौं, पुस २५ गते
आजदेखि दाङको लमहीस्थित देउखुरी अन्तराष्ट्रिय क्रिकेट रङशालामा प्रधानमन्त्री कप महिला छनोट टी - २० क्रीकेट प्रतियोगिता आयोजना हुँदैछ | यो प्रतियोगितामा लुम्बिनीका ६ जिल्लाका महिला क्रीकेट खेलाडीहरुको सहभागीता रहनेछ | उद्द्घाटन खेल दाङ र पाल्पाबिच हुनेछ भने त्यसपछि आज नै बर्दिया र नवलपरासीबिच पनि खेल हुनेछ | पुस २६ गते बाँके- पाल्पा र नवलपरासी - रुपन्देहीबिच खेल हुनेछ | पुस २७ गते दाङ - बाँके र रुपन्देही- बर्दियबिच हुनेछ | पुस २८ गते विजेता र उपविजेताबिच पहिलो सेमिफाइनल खेल हुनेछ भने विजेता र उपविजेताबिच दोश्रो सेमिफाइनल खेल हुनेछ | पुस २९ गते प्रतियोगिताको फाइनल खेल हुने जनाइएको छ |
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१ १३:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय