जय ट्रफी पुरुष एलिट कपको बिजेता बन्यो नेपाल पुलिस क्लब

काठमाडौं, माघ ३ गते
नेपाल पुलिस क्लब जय ट्रफी पुरुष एलिट कपको बिजेता बनेको छ | आज भएको फाइनल खेलमा त्रिभुवन आर्मीलाई २८ रनले हराउँदै नेपाल पुलिस क्लबले उपाधी हात पारेको हो | एक सय ३ रन को लक्ष्य पछयाएको त्रिभुवन आर्मीलाई ७४ रनमा रोक्दै पुलिस क्लबले जित हात पारेको हो |
त्रिभुवन आर्मीका ओपनर इमरान शेखले सर्वाधिक २८ रन जोडेका थिए |नेपाल पुलिसले पहिलो इनिङ्समा एक सय ३३ रन बनाएको थियो भने त्रिभुवन आर्मीले पहिलो इनिङ्समा एक सय ७० रन बनाएको थियो | दोश्रो इनिङ्समा भने पुलिसले एक सय ३९ रन बनाएको थियो | प्रहरी भने दोश्रो इनिङ्समा ४९.१ ओभरमा अलआउट भएको थियो |
नेपाल पुलिस क्लबका कुशल भुर्तेलले सर्वाधिक ४५ रनको योगदान दिनुभएको थियो | उहाँले ६७ बलमा ६ चौका प्रहार गर्नु भयो |
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१ १४:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय