Ray 4U
अर्जुन ट्रफीको पुरस्कार २० लाख नगद

काठमाडौं, माघ ३ गते

धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा  माघ १९ देखी २८ गते सम्म आयोजना हुने   Arjun ट्रोफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण भएको छ | आज पत्रकार सम्मेलन गर्दै आयोजकले यो जानकारी दिनु भएको हो  | सुदुरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहीले ट्रफीको अनावरण गर्नु भएको थियो | 

सुदुरपश्चिम प्रदेशको क्रीकेटका सारथी रहनु भएका स्वर्गिय अर्जुन खड्काको स्‍मृतिमा आयोजना हुन लागेको अर्जुन ट्रफीको पुरस्कार २० लाख नगद रहने जनाइएको छ | प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन | त्यसैगरी सर्वोकृष्ट खेलाडीले एक लाख रुपैयाँ पाउनेछन | म्यान अफ द म्याचले १० हजार पाउने छन भने उत्कृष्ट ब्याट्सम्यान , उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५० - ५० हजार पाउने जनाइएको छ | प्रतियोगितामा देशभरका ८ वटा क्लबका टिमहरुको सहभागीता रहनेछ |             

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update