Ray 4U
नेपाल स्क्टल्यान्डसँग एक विकेटले पराजित

काठमाडौं, माघ ७ गते  

मलेसियाको युकेएम ओभलमा जारी आइसिसी यु -१९ महिला टी - २० विश्वकपमा आज भएको दोश्रो खेलमा  नेपाल स्क्टल्यान्डसँग एक विकेटले पराजित भएको छ | पहिलो खेलमा नेपाल बङ्गलादेशसँग  ५ विकेटले पराजित भएको थियो | जितका लागि नेपालले दिएको ७४ रनको लक्ष्य १८.४ ओभरमा ९ विकेटको क्षतिमा पुरा गरेको थियो | टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा सबै विकेटको क्षतिमा ७३ रन बनाएको थियो | 

नेपालले समूह चरणको  अन्तिम खेल अब माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ |     

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update