Ray 4U
जय नेपाल कपमा नेपालको विजयी सुरुवात

काठमाडौं, माघ ७ गते  

नेपाल विद्यार्थी संघको आयोजनामा किर्तिपुरको TU  क्रीकेट  मैदानमा जय नेपाल कप आजबाट सुरु भएको छ | आज भएको उद्घाटन खेलमा त्रिवीले बाबासाहेब भिम राव अम्बेडकर बिहार  विश्वविध्यालयलाई ८ विकेटले हराएको छ | बिहारले दिएको १३५ रनको लक्ष्य त्रिविले १५ ओभरमा २ विकेटको क्षतिमा पुरा गरेको थियो | पहिलो ब्याटिङ गरेको विहार १७.३ ओभरमा १३४ रनमा अलआउट भएको थियो | 

नेपाल विद्यार्थी संघको आयोजनामा किर्तिपुरको TU क्रीकेट मैदानमा जय नेपाल कप आजबाट सुरु भएको छ | खेल माघ ७ गतेदेखि १५ गते सम्म चल्नेछ | यस प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका ८ विश्वविद्यालयका टोलीहरुबिच प्रतिस्पर्धा हुँदैछ | 

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update