Ray 4U
आइसिसी यु -१९ महिला टी -२० विश्वकपमा नेपालको पहिलो जित 

काठमाडौं, माघ ९   गते

मलेसियामा जारी आइसिसी यु -१९ महिला टी -२० विश्वकपमा आज भएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले  पराजित भएको छ | नेपालको आजको जित पहिलो जित हो भने मलिसिया जितविहिन रह्यो | 

मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाउँदै  पुरा गरेको थियो | टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै   ४५ रन बनाएको थियो | 
नेपालका लागि कप्तान पूजा महतोले अविजित २३ रनको योगदान दिनु भएको थियो  | मलेसियाका लागि नुरिमनले १५ रन जोड्नु   भएको थियो |        

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update