Ray 4U
ललित राजवंशिले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

काठमाडौं, माघ १५ गते 

नेपाली राष्ट्रिय टोलीका स्पिनर ललित राजवंशिले धनगढी क्रिक्केट एकेडेमी (डिसिए)बाट अर्जुन ट्रफी खेल्ने भएका छन् | फाप्ला क्रीकेट मैदानमा माघ १९ गते उद्द्घाटन खेल धनगढी क्रिक्केट एकेडेमी र डडेल्धुरा फ्रेन्ड्स क्लबबिच हुनेछ | उनले हालै सम्पन्न एनपिएलमा जनकपुर बोल्ट्सलाई उपाधि दिलाउन प्रमुख भूमिका खेलेका थिए |      
 
धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा  माघ १९ देखी २८ गते सम्म Arjun ट्रोफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ | 
सुदुरपश्चिम प्रदेशको क्रीकेटका सारथी रहनु भएका स्वर्गिय अर्जुन खड्काको स्‍मृतिमा आयोजना हुन लागेको अर्जुन ट्रफीको पुरस्कार २० लाख नगद रहने जनाइएको छ | प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन | त्यसैगरी सर्वोकृष्ट खेलाडीले एक लाख रुपैयाँ पाउनेछन | म्यान अफ द म्याचले १० हजार पाउने छन भने उत्कृष्ट ब्याट्सम्यान , उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५० - ५० हजार पाउने जनाइएको छ | प्रतियोगितामा देशभरका ८ वटा क्लबका टिमहरुको सहभागीता रहनेछ | 

यस प्रतियोगिताका सबै खेलका टिकट खल्ती एपबाट काट्न सकिनेछ भने खेलहरु एक्सन स्पोर्टस एचडीबाट हेर्न सकिने आयोजकले जनाएको छ |     
 
 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update