Ray 4U
जय नेपाल कप क्रिकेटको उपाधि मध्यपश्चिम विश्वविद्यालयलाई

काठमाडौं, माघ १५ गते 
कीर्तिपुरस्थित त्रिवी मैदानमा आज भएको फाइनल खेलमा मध्यपश्चिमले लखनउ विश्वविद्यालयलाई ५८ रनले पराजित गरेको छ | विजेता मध्यपश्चिमले १५ लाख पुरस्कार पाएको छ भने उपविजेता लखनउले १० लाख पुरस्कार पाएको छ |

जितका लागि एक सय  ७६ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो | टस जितेर ब्याटिङ  गरेको मध्यपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ७५ रन बनाएको थियो |
लखनउका लागि ओपनर ममनले सर्वाधिक ५८ रन बनाउनु भएको थियो भने मध्यपश्चिमका विपिनले अविजित ५९ रन बनाउनु भएको थियो | त्यसैगरि  दिवानले अलराउण्ड प्रदर्शन गर्दै ५८ रन जोड्नु भएको थियो | 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  २२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update