कोशीका नौ जिल्ला आजदेखी बन्द

काठमाडौं, माघ २० गते
ताप्लेजुङको पाथिभरामा निर्माणाधीन केबलकारको विषयलाई लिएर ताप्लेजुङमा ६ दिनदेखि यातायात बन्द रहेको छ | यसको प्रभाव आजदेखी कोशी प्रदेशका नौ जिल्लामा फैलिएको छ | बन्दले इलाम,धनकुटा,झापा,पाँचथर,संखुवासभा,सुनसरी,मोरङलगायतका जिल्लाको जनजिवन कष्टकर बन्दै गइरहेको छ |
आन्दोलनकर्ताले आफ्ना मागहरु पुरा नगरेको भन्दै आन्दोलन जारी राख्ने जनाएका छन | प्रहरीले नियन्त्रण गरेका ३ जनालाई रिहाई गर्नुपर्ने, केबलकारको निर्माण रोक्नु पर्ने, काफ्लेपाटीमा रहेको सशस्त्र प्रहरी फिर्ता गर्नु पर्ने माग राख्दै आन्दोलनकारीले आन्दोलन गरिरहेका छन | नो केबलकार समूहले माघ १२ गतेदेखि पुर्वका विभिन्न नाकाहरु बन्द गरेका थिए भने अब माघ २२ गतेदेखि आमहडतालको घोषणा पनि गरेका छन |
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१ १४:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय