
काठमाडौं, माघ ३० गते
मेलम्चीको पाइप फुटेर अदालतको दोश्रो भवनमा पानी पसेर सो भावनाको भुईतलामा रहेको २६, २७, २८, र २९ नं फाँटमा क्षति पुग्दा सो फाँटहरुबाट प्रभाह हुने सेवा अनिश्चिचितकालका लागि बन्द भएको काठमाडौं जिल्ला अदालतले एक सूचाना मार्फत जनाएको छ |
काठमाडौंको बबरमहल क्षेत्रमा आज दिउँसो साढे २ बजे मेलम्ची खानेपानी आयोजनाबाट शाखा कार्यालयको पानी ट्यांकी सप्लाई गर्ने ५ सय एमएमको पाइप फुटेपछि यस क्षेत्र वरिपरी डुबान भएको थियो | केहि घण्टा अस्तब्यस्त रहेको यो क्षेत्र अहिले भने पानीको मुख्य ट्यांकीहरु बन्द गरेपछि सामान्य बन्दै गएको छ |
यस क्षेत्र वरिपरि रहेका विभिन्न कार्यालयहरुमा बाढी पसेको थियो |सम्भावित जोखिम कम गर्न बबरमहल देखि थापाथली प्रशुतिगृह सम्मको क्षेत्रमा हाइ अलर्ट गरिएको थियो | यस क्षेत्रको उद्धारमा सेना तथा प्रहरीहरु खटेका थिए |