काठमाडौं, माघ ३० गते
बागमती प्रदेशले २४ बिघा बढी क्षेत्रफलमा देशकै ठूलो स्पोर्ट्स कम्प्लेक्स बनाउने योजनामा काम गरिरहेको छ। गौरीटार मकवानपुर अन्तर्राष्ट्रिय रङ्गशाला परिसरमा फुटबल स्टेडियम बनिसकेको छ भने क्रिकेट स्टेडियम र स्विमिङ स्टेडियम निर्माणाधीन अवस्थामा रहेका छन् यस परिसरमा फुटबल क्रिकेट स्विमिङ टेनिस ब्याडमिन्टन भलिबल लगायतका खेलहरूका पूर्वाधार एथलेटिक्सका आवश्यक पूर्वाधार र रेसिङ ट्रयाकको पनि निर्माण गरिने बताइएको छ। गौरीटार मकवानपुर अन्तर्राष्ट्रिय रङ्गशाला हेटौडा उपमहानगरपालिका ६ भित्र पर्दछ।
यहाँ निर्माणाधीन क्रिकेट स्टेडियमको लागत ९ करोड ४२ लाख ८२ हजार ७०९ रुपैया ४२ पैसा रहेको छ। यसको निर्माणको ठेक्का SN SPL HKC जे भि ले पाएको छ ।
यहाँ बन्ने चारवटा ब्लकहरूमध्ये एउटा स्टेडियम ब्लक निर्माणाधीन अवस्थामा रहेको छ। ६००० दर्शक क्षमताको स्टेडियम, पाँचवटा पिचहरु रहनेछन् भने अपाङ्गता मैत्री संरचनाहरू बन्नेछन । यो क्रीकेट ग्राउण्डमा ७० मिटरको बाउण्ड्री रहनेछ ।