के पि ओली कप सिजन-३

काठमाडौं, माघ ३० गते
केपी ओली कप फुटबल च्याम्पियनसिप फागुन ११ गतेदेखि १९ गतेसम्म काठमाडौँमा हुँदैछ। यो प्रतियोगिता राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गर्दैछ। प्रतियोगिताका सम्पूर्ण खेलहरू कान्तिपुर म्याक्सबाट लाइभ हुनेछन्। प्रतियोगिताको टिकेटिङ पार्टनरको रुपमा खल्ती रहेको छ। प्रतियोगिताको हाइएस्ट स्कोररले ५० हजार नगद पुरस्कार पाउनेछन् भने प्रतियोगिताको इमर्जिङ प्लेयरले ५० हजार नगद पुरस्कार पाउनेछन् । प्रत्येक म्याच जित्ने टिमले २५ हजार नगद पाउनेछ। प्रत्येक म्याचको प्लेयर अफ द म्याचले १५००० पुरस्कार पाउनेछन्। यो केपी ओली कपको तेस्रो सिजन हो।
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१ २३:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय