सिन्धुपाल्चोकको हेलम्बुमा फागुन ३ गते नि:शुल्क आयुर्वेद स्वास्थ शिविर हुने

काठमाडौं, माघ ३० गते
सिन्धुपाल्चोकको हेलम्बुमा फागुन ३ गते नि:शुल्क आयुर्वेद स्वास्थ शिविर हुने भएको छ | हेलम्बु गाउँपालिकाको सहयोग तथा मदन भण्डारी मेमोरियल कलेज, धन्वन्तरी आयुबिज्ञान संस्थान र अन्नपूर्ण टाइम्सको संयुक्त आयोजनामा यो शिविर हुँदैछ | यो शिविरमा सामान्य स्वास्थ जाँचदेखि विविन्न रोगहरु जस्तै हाडजोर्नी, नसा, पेटसम्बन्धी रोग, ग्यास्ट्रिक , पायल्स , फिसर , फिस्टुला, महिनावारि गडबडी सम्बन्धी जाँच तथा परामर्श दिईने जनाइएको छ | स्वास्थ शिविरबाट उपलब्ध गराइने सम्पूर्ण सेवा तथा औषधीहरु नि :शुल्क हुने आयोजकले जनाइएको छ |
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१ ०८:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय