
काठमाडौं, फागुन १ गते
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने 'फोर नेसन्स कप'अन्तराष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला टोलीको घोषणा भएको छ | यो खेल फागुन ५ गतेदेखि १४ गतेसम्म चल्नेछ |
एन्फाले आज कप्तान एन्जिला तुम्बापोको कप्तानिमा २३ सदस्सीय टोलीको घोषणा गरेको हो | टोलीको गोलकिपरमा कप्तान एन्जिला तुम्बापो, अन्जना रानामगर र उषा नाथ रहनु भएको छ भने रक्षकमा अमृता जैशी, गीता राना , विमला बिक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई रहनु भएको छ | त्यसैगरि मिडफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटे , प्रिती राई, सरु लिम्बु, सबिता रानामगर, सरस्वती हमाल र सुस्मा तमाङ रहनु भएको छ भने स्ट्रईकरमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल हुनुहुन्छ |