
काठमाडौं, फागुन ६ गते
मार्च २०२५ मा नेपाली राष्ट्रिय महिला टोलीले युगाण्डा क्रिकेट असोसिएसनको आयोजनामा सञ्चालन हुने मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको लागि नेपाल क्रिकेट असोसिएसन क्यानले प्रारम्भिक टोलीको घोषणा गरेको छ। प्रारम्भिक चरणको प्रशिक्षणका लागि नयाँ खेलाडीहरू सहित १८ जनालाई प्रशिक्षणमा बोलाइएको छ । यहाँबाट अन्तिम टोलीको टुङ्गो लाग्नेछ र टिमले मार्च ६ देखि १७ सम्म युगाण्डामा सञ्चालन हुने मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सहभागी हुनेछ । प्रारम्भिक १८ जनाको टोलीमा कप्तान इन्दु वर्मा, रुबिना क्षेत्री , विन्दु रावल, एलिसा कुमारी यादव, साना प्रविण, राजामती एरी, रोमा थापा, ममता चौधरी, ईश्वरी बिष्ट, पूजा महतो, कविता जोशी, मनिषा कुमारी उपाध्याय, सबनम राई, सिमाना केसी, रचना कुमारी चौधरी, शोभा रोकाया, रिया शर्मा र सम्झना कुमारी खड्का रहेका छन् । पछिल्लो समय नेपाल क्रिकेट असोसिएसन क्यानले लगातार रुपमा महिला राष्ट्रिय टोलीको प्रतियोगिताहरु गराइरहेको देखिन्छ । सन् २०२७ मा हुने ICC U19 महिला वर्ल्डकप नेपालले को-होस्ट गर्दैछ ।