Ray 4U
केपी ओली कपमा उद्घाटन खेल ब्ल्याक बुल्स र एपिएफबिच हुने 

काठमाडौं, फागुन ६ गते 
केपी ओली कप फुटबल च्याम्पियनसिप फागुन ११ गतेदेखि १९ गतेसम्म काठमाडौँमा हुँदैछ। आज यस खेलको तालिका सार्वजनिक भएको छ | तालिका अनुसार उद्घटन खेल ब्ल्याक बुल्स र एपिएफबिच हुनेछ | कुल ८ वटा खेलहरु हुने यस प्रतियोगिताका ५ वटा खेल सातदोबाटोस्थित एन्फा मैदानमा हुनेछ भने सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वोरस्थित दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ |
यस प्रतियोगितामा ब्ल्याक बुल्स र भुटानको ट्रान्सपोर्ट युनाईटेड विदेशी टिम हुन भने नेपालबाट विभागीय टोली त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस  क्लब, एपिफ एफसी , मछिन्द्र एफसी , न्यूरोड टिम , संकटा एफसी र के पि ओली एफसी सहभागी हुनेछन् |
      
यो प्रतियोगिता राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गर्दैछ। प्रतियोगिताका सम्पूर्ण खेलहरू कान्तिपुर म्याक्सबाट लाइभ हुनेछन्। प्रतियोगिताको टिकेटिङ पार्टनरको रुपमा खल्ती रहेको छ। प्रतियोगिताका विजेताले १५ लाख ११ हजार १११ पाउनेछन भने उपविजेताले ५ लाख रुपैयाँ सहित ट्रफी पाउनेछन |प्रतियोगिताको हाइएस्ट स्कोररले ५० हजार नगद पुरस्कार पाउनेछन् भने प्रतियोगिताको इमर्जिङ प्लेयरले ५० हजार नगद पुरस्कार पाउनेछन् । प्रत्येक म्याच जित्ने टिमले २५ हजार नगद पाउनेछ। प्रत्येक म्याचको प्लेयर अफ द म्याचले १५००० पुरस्कार पाउनेछन्। यो केपी ओली कपको तेस्रो सिजन हो।


 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update