फाइनल हेर्न दोब्बर शुल्क

काठमाडौं, फागुन ११ गते
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी International Women's Championship प्रतियोगिताको फाइनलखेलको टिकेटको मुल्य निर्धारण गरिएको छ | दर्शकले साधारणतर्फ १००० र भिआईपी तर्फका लागि २००० शुल्क तिर्नु पर्ने एन्फाले जनाएको छ |
बुधवार (फागुन १४ गते ) हुने फाइनल खेलमा नेपाल र म्यानमार भिड्दै छन् |
एन्फाले यो प्रतियोगितालाई आगामी एएफसी महिला एसियन कप - २०२६ छनोट र फिफा महिला विश्वकप -२०२७ को छनोटको तयारीको रुपमा लिएको छ |
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१ १५:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय