शैक्षिक सत्र शुरु नभई विद्यार्थी भर्ना नगर्न महानगरको अनुरोध

काठमाडौं, चैत ५ गते
काठमाडौं महानगरपालिकाले विद्यार्थी भर्ना सम्बन्धि एक सूचना प्रकाशित गरेको छ | विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ४८ (६) मा कसैले पनि शैक्षिक सत्र शुरु नभई विद्यार्थी भर्ना गर्न गराउन नहुने व्यवस्था रहेकोमा कतिपय विद्यालयले शैक्षिक सत्र शुरु नहुँदै विद्यार्थी भर्ना गरेको भन्ने जनगुनासो महानगरपालिकामा आएको हुँदा शैक्षिक सत्र शुरु नभई नियमावली विपरित विद्यार्थी भर्ना नगर्नु नगराउनु हुन अनुरोध गरेको छ | अन्यथा प्रचलित कानुनबमोजिम कारबाही हुने महानगरले जनाएको छ |
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१ १५:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय