U-16 इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालको लगातार जित

काठमाडौँ,असार १०
पुरुषतर्फको एसीसी यु 16 इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेलमा जित निकालेको छ। यो नेपालको दोस्रो जित हो। आजको खेलमा नेपालले जापानलाई नौ विकेटले पराजित गरेको हो। पहिले ब्याटिङ गरेको जापानले नेपाललाई ८१ रनको लक्ष्य दिएको थियो। जसलाई नेपालले १४.२ ओभरमै एक विकेट गुमाएर हासिल गरेको थियो। टस जितेर ब्याटिङ रोजेको जापानका तर्फबाट कप्तान चार्लीहराहिन्जेले सर्वाधिक ३६ रन जोडेका थिए। त्यसैगरी नेपालका तर्फबाट शुभम खनालले पाँच विकेट हल गरेका थिए । यो जितसँगै नेपाल समूह एमा चार अङ्कसहित शीर्ष स्थानमा रहेको छ। यो समूहमा नेपालसँगै जापान भुटान सिंगापुर र इन्डोनेसिया रहेका छन् । आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई ६ विकेटले हराएको थियो।
प्रकाशित मिति: मंगलबार, असार १०, २०८२ २१:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय