Ray 4U
इरान, इज्रेल, अमेरिका तनावका बीच चर्चामा हर्मोज स्ट्रेट

काठमाडौँ,असार १०

पछिल्लो समय मध्यपूर्वमा बढ्दै गएको तनावका बीच हर्मोज स्ट्रेट चर्चामा आएको छ। इरानले यसलाई बन्द गर्ने धम्की दिएपछि यसको चर्चा सुरु भएको थियो। इरानको तीनवटा परमाणु परीक्षण केन्द्रहरूमा अमेरिकी बमबारी भएपछि हर्मोज स्ट्रेट बन्द गर्ने धम्की दिएको थियो। भर्गोज स्ट्रेट एउटा साँघुरो जलमार्ग हो। जुन चाहिँ पर्सियन खाडी र ओमानको खाडीको बीचमा रहेको छ । यसको उत्तरमा इरान रहेको छ भने दक्षिणमा ओमान र युइइ रहेका छन्। वरिपरि सबै तेल उत्पादन गर्ने देशहरू रहेका छन्। यो साँघुरो बाटो भएर प्रत्येक ५ वटामध्ये एउटा तेल बोक्ने जहाजहरु यही बाटो प्रयोग गर्ने गर्दछन् । विश्वभरि सप्लाई गरिने तेलहरूमध्ये करिब २०% यही बाटो भएर सप्लाई गर्ने गरिन्छ । यो जलमार्ग बन्द गरिने हो भने अमेरिकाको ह्युस्टनदेखि हङकङसम्म विद्युत सप्लाई अवरुद्ध हुन सक्थ्यो। विश्वका विभिन्न देशहरुमा तेल सङ्कट आउन सक्थ्यो। भारत र चीन पनि यसबाट प्रभावित हुन सक्थ्यो भने उनीहरूको अर्थतन्त्र पनि यसबाट प्रभावित हुन सक्थ्यो। इरानले यसअघि पनि विभिन्न समयमा यो हर्मोज स्ट्रेटलाई बन्द गर्ने धम्की दिइसकेको छ भने बन्द भने गरेको अहिलेसम्म कुनै प्रमाण रहेको छैन। हर्मोज स्ट्रेटको लम्बाई करिब १६७ किलोमिटर रहेको छ भने यसको चौडाई ५० किलोमिटर रहेको छ। विश्व अर्थतन्त्रका लागि यो सानो ठाउँको निकै ठूलो महत्त्वपूर्ण भूमिका रहेको देखिन्छ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  २१:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update