Ray 4U
भारी देखि धेरै भारी वर्षाको सम्भावना, सावधानीका लागि अनुरोध

काठमाडौँ,असार १३ गते 

जल तथा मौसम विज्ञान विभागद्वारा जारी विशेष बुलेटिनअनुसार ‘भोलि असार १४ गते शनिबार साँझदेखि असार १६ सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू-भाग, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भू-भागका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको  छ। साथै अन्य प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा समेत भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको पनि जनाएको छ।‘तसर्थ, सम्भावित भारीदेखि धेरै भारी वर्षाको कारण भू-क्षय, बाढी, पहिरो तथा गेग्य्रान बहाव (debris flow) को जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न अनुरोध  गरेको छ ।

Screenshot-2025-06-27-223702-1751043285.png
 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  २२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update