असोज ३ गतेदेखि नखिपोट खुल्ला पुरुष फुटसल प्रतियोगिता

काठमाडौँ, भदौ २ गते
आगामी असोज ३ गतेदेखि नखिपोट यूथ क्लबले नखिपोट खुल्ला पुरुष फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। विजेताले १ लाख २५ हजार पाउनेछन् भने उपविजेताले ६५ हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। त्यसैगरि उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले ७ हजार पुरस्कार प्राप्त गर्नेछन्।
नखिपोटको फुटसल भिलेजमा आयोजना हुन लागेको यो प्रतियोगिता २ दिनसम्म चल्नेछ।
प्रकाशित मिति: सोमबार, भदौ २, २०८२ २३:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय